← समाचारमा फर्कनुस्
रोनाल्डो थप दुई बर्ष अल-नासरमै रहने

काठमाडौं। ४० बर्षीय पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लि क्लब अल-नासरसँग थप दुई बर्षको लागि नयाँ सम्झौता गरेका छन्।
योसँगै उनी २०२७ को जुन ३० सम्म नासरको जर्सीमा देखिने भएका छन्। जबी उनको उमेर ४२ बर्षको हुनेछ।
सन् २०२२ को डिसेम्बरमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड छाडेर उनी अल-नासरमा आवद्ध भएका थिए।
रोनाल्डोको नासरसँगको सम्झौता यहीँ जुनको अन्त्यमा सकिँदै थियो भने जसको कारण उनले क्लब छाड्ने अनुमान गरिएको थियो।
उनले नयाँ सम्झौता पछि एक्समा लेखेका छन् 'नयाँ अध्याय सुरु हुँदैछ, उस्तै जोश, उस्तै सपनासँगै इतिहास रचौँ।'
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |