← समाचारमा फर्कनुस्
Football Nov 12, 2025 · Swadesh

रोनाल्डोले अब आफ्नो अन्तिम विश्वकप खेल्ने

रोनाल्डोले अब आफ्नो अन्तिम विश्वकप खेल्ने

पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोका लागि सन् २०२६ को विश्वकप उनको अन्तिम हुनेछ । त्यति मात्र होइन्, अबको एक दुई वर्षमा उनी आफ्नो खेल जीवनबाट नै सन्यास लिंदैछन् । भर्खरै दिएको एउटा अन्तर्वार्तामा ४० वर्षीय रोनाल्डोले दुई तथ्यको घोषणा गरेका हुन् ।

 

उनी अहिले नै ४० वर्षका भइसके । त्यसैले उनको सन्यास र अबको विश्वकप उनका लागि अन्तिम हुने अपेक्षित थियो । रोनाल्डोले क्लब र आफ्नो देशका लागि ९ सय ५३ गोल गरिसकेका छन् । त्यसैले सन्यास लिंदासम्म उनले आफ्नो हजार गोल पनि पूरा गरिसक्ने अपेक्षा छ ।


रोनाल्डोले त्यस अन्तर्वार्तामा भनेका छन्, ‘अब त म ४१ वर्ष पुग्नै लागें । त्यसैले अबको विश्वकप मेरो लागि अन्तिम हुनेछ ।’ अहिले उनी साउदी अरेबियामा अल नासरका लागि खेलिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या कीर्तिमान १ सय ४३ रहेको छ ।


म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सका लागि पनि खेलेका रोनाल्डोले पोर्चुगलका लागि सन् २०१६ को युरो जितेका थिए । तर उनले विश्वकपमा भने कुनै ठूलो सफलता हात पारेका छैनन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →