अल नासर छोड्ने रोनाल्डोको संकेत

काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासर छोड्ने संकेत गरेका छन्।
लिगको अन्तिम खेल खेलेपछि रोनाल्डोले एक सांकेतिक सन्देश सामाजिक सञ्जालमा लेखेका छन्। रोनाल्डोले यो च्याप्टर समाप्त भएको लेखेका छन्। उनले लेखेका छन्- यो अध्याय सकियो, कथा ? अझै लेखिँदै छ। सबैलाई धन्यवाद।'
लिगको अन्तिम खेलमा अल फातेहसँग ३-२ गोल अन्तरले पराजित भएसँगै अल नासर तेस्रो स्थानमा रहेर यस सिजनको लिग समाप्त गरेको छ। अल नासरको ३४ खेलमा ७० अंक रहेको छ।
अल नासर यस सिजनमा तेस्रो स्थानमा रहेसँगै एएफसी च्याम्पियन्स लिगको इलाइटमा छनाेट हुन असफल भएको छ।
यस्तै, रोनाल्डोले साउदी प्रो लिगमा लगातार दोस्रो सिजन गोल्डेन बुट भने जितेका छन्। उनले यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका छन्। त्यस्तै अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए।
रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन्। अल नासरमा जुन ३० सम्म मात्र सम्झौता रहेकाले उनले लेखेको सन्देश अनुसार क्लब छोड्ने स्पष्ट संकेत गरेका छन्।
मिडिया रिपोर्टका अनुसार रोनाल्डोले अब अल नासर छोडेर आगामी जुलाईमा अमेरिकामा हुने क्लब विश्वकप क्लबमा जानसक्ने बताइएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |