← समाचारमा फर्कनुस्
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

काठमाडौं । एएफसी च्याम्पियन्स लिग अनतर्गत अल नासरले पहिलो जित निकालेको छ।
सोमबार राति भएको खेलमा अल नासरले अल रायनलाई २–१ ले पराजित गरेको हो।
अल नासरको जितमा साडियो माने र रोनाल्डोले गोल गरे। यता, अल रायनको लागि एक गोल रोजर गुइडेसले फर्काए।
नासरको घरेलु मैदानमा मानेले पहिलो हाफको इन्जुरी समय अग्रता सुरुआती अग्रता दिलाए। ७६औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै २–० को अग्रता दिलाए।
८७औं मिनेटमा रोजरले गोल गरेपनि अल रायन खेलमा फर्कन सकेन।
जितसँगै दुई खेलबाट चार अंक जोडेको अल नासर तेस्रो स्थानमा छ। अल रायनले भने यो लगातार दोस्रो हार हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |