← समाचारमा फर्कनुस्
रोनाल्डो र माने चम्किँदा नासरको शानदार जित

काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डो र साडियो माने चम्किँदा अल नासर ले साउदी प्रो लिगअन्तर्गत अल नाजमामाथि शानदार जित हात पारेको छ।
शनिबार राति सम्पन्न खेलमा नासरले नाजमालाई ५–२ गोल अन्तरले पराजित गर्यो। चोटपछि मैदानमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण योगदान दिए।
त्यस्तै मानेले पनि दुई गोल गरे भने अब्दुल्लाह अल हमदानले एक गोल थपे। यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोको करियर गोल संख्या ९६७ पुगेको छ, जुन उनको अद्भुत निरन्तरताको प्रमाण हो।
अर्कोतर्फ, नाजमाका लागि राकान राजेह अल तुलायही र फेलिपे कार्डोसोले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै नासर २७ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित नाजम समान खेलबाट मात्र ८ अंकसहित पुछारमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |