← समाचारमा फर्कनुस्
Football Oct 26, 2025 · Swadesh

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

काठमाडौं। कप्तना क्रिस्टियानो रोनाल्डो र जाेओ फेलिक्सकाे गाेलमा अल नासर विजयी भएकाे छ। 


यस जितसँगै खेलेका सबै ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानमा १५ अंकसहित अल–ताउन र तेस्रो स्थानमा १४ अंकसहित अल–हिलाल छन्।


साउदी प्रो लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा नासरले अल–हजमलाई २–० ले पराजित गरेकाे हाे। याे खेलमा एक गाेल गरेसँगै रोनाल्डोले आफ्नो ९५०औं गोल गरेका हुन्।


उनको यो उपलब्धिले फेरि एकपटक उमेरले उनको क्षमतामा कुनै असर नपार्ने प्रमाणित गरेको छ। किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल–नासरले सुरुदेखि नै बलमा नियन्त्रण राख्दै आक्रमणमा दबाब सिर्जना गर्‍यो। खेलको २५औं मिनेटमा पोर्चुगाली युवा स्टार जाओ फेलिक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए।


यो गोल फेलिक्सको लिगको पाँचौं खेलमा नवौं गोल हो। पहिलो हाफमा अरू गोल हुन नसके पनि अल–नासरको खेलमा पूर्ण नियन्त्रण देखिन्थ्यो। दोस्रो हाफमा पनि अल–नासर लगातार अवसर खोज्दै रह्यो। अन्ततः खेलको ८८औं मिनेटमा रोनाल्डोले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे।


यो गोलसँगै उनले आफ्नो करिअरको ९५०औं गोल पूरा गरे। उनले पाँच क्लब र पोर्चुगल राष्ट्रिय टिमबाट यो उपलब्धि हासिल गरेका हुन्। स्पोर्टिङ सीपीबाट करिअर सुरु गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि १४५, रियल मड्रिडका लागि ४५०, युभेन्ट्सका लागि १०१ र अहिले अल–नासरका लागि १०६ गोल गरेका छन्। राष्ट्रिय टोली पोर्चुगलका लागि उनले १४३ गोल गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →