← समाचारमा फर्कनुस्
जेनोआमाति रोमाको सजिलो जित

पहिलो हाफको ३१ मिनेटभित्र सम्भव तीन गोलको मदतले एएस रोमाले इटालीको सिरी ए मा सोमबार जोनोआमाथि ३–१ को सजिलो जित निकालेको छ । यो जितपछि रोमाको १७ खेलबाट ३३ अंक भएको छ र चौथो स्थानमा उक्लन सफल रह्यो ।
स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि म्याथिस सोउलले १४, मोउन्डिओ कोनेले १९ र इभान फर्गुसनले ३१ औं मिनेटमा गोल गरे । खेलको ८७ औं मिनेटमा जेनोआका लागि जेफ इख्टरले एक गोल फर्काए ।
खराव लयमा रहेको जेनोओ १४ अंकमा १७ औं स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । इन्टर मिलान ३६ अंकमा शीर्ष स्थानमा छ र उसको पछाडि एसी मिलानको ३५ र नेपोलीको ३४ अंक छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women