रोमाले च्याम्पियन्स लिगमा नेपालका बाढीपीडितका लागि विशेष जर्सी लगाए

काठमाडौँ — इटालियन क्लब एएस रोमाले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत हिजो (सेप्टेम्बर १०) इस्तानबुलमा फेनरबाहचेविरुद्धको खेलमा नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै विशेष जर्सी लगाएर मैदानमा उत्रिएको छ।
रोमाले टर्कीमा लागू जुवा तथा सट्टेबाजीसम्बन्धी प्रतिबन्धका कारण आफ्नो मुख्य प्रायोजक युरोबेटको लोगो देखाउन नपाएपछि संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) सँगको सहकार्यमा ‘टुगेदर फर नेपाल’ अंकित जर्सी प्रयोग गरेको हो । उक्त जर्सीमा डब्लुएफपीको लोगो र नेपालको झन्डासमेत राखिएको थियो ।
खेल सुरु हुनुअघि नेपालका बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । खेलमा रोमा र फेनरबाहचेबीच १–१ को बराबरी भएको थियो। रोमाका लागि ब्रायन क्रिस्टान्टेले ३९औं मिनेटमा गोल गरेका थिए भने फेनरबाहचेका आर्ची ब्राउनले ४८औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
रोमाले खेलमा प्रयोग गरेका जर्सीहरू पछि लिलामीमा राख्ने र सङ्कलन भएको सम्पूर्ण रकम डब्लुएफपीमार्फत नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनामा खर्च गर्ने जनाएको छ । समर्थकहरूले पनि डब्लुएफपीको ‘सेयर द मिल’ एपमार्फत अभियानमा सहयोग गर्न सक्नेछन् ।
नेपालमा गत अगस्ट २६ मा हिमनदी फुटेर आएको बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएको थियो। तथ्याङ्कअनुसार कम्तीमा १,४१० जनाको मृत्यु भएको छ भने ५,६५१ जना अझै बेपत्ता छन् । डब्लुएफपीका अनुसार नेपालमा करिब ४३,००० मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता परेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |