← समाचारमा फर्कनुस्
Football Jan 22, 2025 · Swadesh

रोनाल्डो चम्किँदा नासरको जित

रोनाल्डो चम्किँदा नासरको जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी प्रो लिग अन्तर्गत १६औं साताको खेलमा अल नासरले विजयी हासिल गारेको छ।

प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा मंगलवार राती भएको खेलमा नासरले अल खलीजलाई ३-१ ले पराजित गरेको हो।  

नासरको जितमा कप्तान रोनाल्डो दुई गोल गर्दा सुल्तान अल घन्नामले एक गोल गरे। खलीजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे।

खेलको ३४औं मिनेटमा खलीजका सईद अल हम्साल रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो। रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए।

जितसँगै नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ। समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →