← समाचारमा फर्कनुस्
Top Headlines Oct 11, 2026 · Swadesh

रोहितको शतकमा नेपाल विजयी

रोहितको शतकमा नेपाल विजयी

रोहित पौडेलको शतकीय प्रदर्शनको मदतले नेपालले आईसीसी मेन्स क्रिकेट वर्ल्ड लिग–टु मा आइतबार क्यानाडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमारेटमा भएको खेलमा जितका लागि २ सय २६ रन पछ्याएको क्यानाडाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि ओपनर आरान जोन्सनले सर्वाधिक ४४ रन बनाए । यस्तैे समिट गोएलले ३५ रन जोडे । नेपाली बलरमध्ये करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए ,

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो र यसक्रममा ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान पूर्व कप्तान रोहितको रह्यो ।

उनले १ सय २७ बलमा १ सय १ रन बनाए । उनले आठ चौका र एक छक्का प्रहार गरे । यस्तै बासिर अहमदले ३० र गुल्सन झाले ४८ रन बनाए । क्यानाडाली बलरमध्ये अखिल कुमारले चार र सुखिन्दर सिंहले तीन विकेट हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →