← समाचारमा फर्कनुस्
Top Headlines Nov 25, 2026 · Swadesh

सुदूरपश्चिममाथि बागमतीको जित

सुदूरपश्चिममाथि बागमतीको जित

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेट गुमाएर ११२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि मनिषा बोहराले ३०, स्नेहा महराले २२ तथा अनु कडायतले अविजित २३ रन बनाइन् । अनुले १५ बलमा एक चौका र एक छक्का प्रहार गरिन् । कप्तान ऋतु कनौजियाले पनि अविजित १५ रनको योगदान दिइन् ।

बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले सर्वाधिक तीन विकेट लिइन् । संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट हात पारे ।

११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागि ओपनर हेलिषा गुरुङले अविजित ५५ रनको उत्कृष्ट पारी खेलिन् । ५१ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन् । त्यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३ र विपिसा शाहीले १० रन बनाइन् ।

सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए । अविजित ५५ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →