← समाचारमा फर्कनुस्
Football Oct 14, 2025 · Swadesh

रोहितको सयौं खेलमा नेपाल भियतनामसँग भिड्दै

रोहितको सयौं खेलमा नेपाल भियतनामसँग भिड्दै

नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार भियतनामको सामना गर्दैछ । खेल हो चि मिन सहरमा हुँदैछ, भलै यो प्राविधिक रूपमा नेपालको घरको खेल हो । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले भियतनामविरुद्ध उसकै घरमा खेल्न बाध्य भएको हो । 


यसको अर्थ के भने रोहित चन्दले आफ्नो खेल जीवनको सयौं खेल स्वदेशमा खेल्न पाउने छैनन् । यो खेल रोहितका लागि नेपाली राष्ट्रिय टिमबाट खेलेको सयौं खेल हुनेछ । उनी नेपालका लागि सयौं खेल खेल्ने दोस्रो खेलाडी मात्र हुनेछन् । यसअघि किरण लिम्बूले यस्तै उपलब्धी चुमेका थिए । 


नेपालको छनोटमा स्थिति भने राम्रो छैन् । नेपाल तीन खेलबाट शून्य अंकमा सबैभन्दा पुछारमा छ । नेपाल आफ्ना सबै तीनै खेलमा पराजित रहेको छ । यसको ठीक विपरित मलेसिया सबै तीन खेल जितेर नौ अंकमा शीर्षमा छ । त्यसपछि भियतनामको छ र लाओसको तीन अंक रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →