← समाचारमा फर्कनुस्
रोड्रि बार्सिलोना जाने तय

बार्सिलोनाले स्पेनी विश्वकप विजेता खेलाडी रोड्रिलाई अनुबन्ध गर्ने भएको छ र यसका लागि आइतबार म्यानचेस्टर सिटीसँग सहमती गरेको छ । यससँग उनलाई लिएर चलिरहेको अनिश्चितता पनि समाप्त भएको छ ।
विश्वकप समाप्ती लगतै रियल म्याड्रिडलने उनलाई किन्न रूचि देखाएको थियो, तर बार्सिलोनाले उनलाई किन्न सबै खाले प्रयास गरेको थियो । अब बार्सिलोनाले ३० वर्षीय मिडफिल्डरका लागि सिटीलाई आठ करोड ७० लाख डलर तिर्नेछ ।
विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । त्यस अगाडिको दुई वर्ष भने उनी चोटबाट मुक्त भएर मैदानमा फर्कन संघर्षरत थिए । सन् २०१९ मा उनी एथटलेटिको म्याड्रिड छाडेर सिटी गएका थिए । उनले सन् २०२४ मा बेलन डे’अर जितेका पनि थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |