रेणुकालाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार

काठमाडौं । नेपाली राष्टिय महिला टोलीकी मिडफिल्डर रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार-२०८१ बाट सम्मानित भएकी छन्।
गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा रेणुकालाई साेमबार ५० हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो।
एनसिएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिलभक्त माथेमा र गुरुकुल एजुकेसन फाउन्डेसनका कोषाध्यक्ष अमनप्रताप अधिकारीले सम्मान गरे।
कोषध्यक्ष अधिकारीले रेणुकालाई ‘अनसिन हिरो’ को रूपमा सम्मान गर्दै भने, ‘रेनुकाले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस वा जीवनको कठिन संघर्ष दुवैमा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ।’
राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुकाले सन् २०१० मा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |