← समाचारमा फर्कनुस्
सोसिडाडलाई कोपा डेल रेको उपाधि

रियल सोसिडाडले एटलेटिको म्याड्रिडलाई रोमाञ्चक फाइनलमा टाइब्रेकरमा ४–३ ले पराजित गर्दै शनिबार कोपा डेल रेको उपाधि चुमेको छ । बाक्स क्लबले स्पेनी घरेलु कपको सबैभन्दा ठूलो उपाधि जितेको यो चौथो पल्ट मात्र हो ।
सेभियामा भएको फाइनल २–२ को तनावर्पूा बराबरीमा टुंगेपछि पेनाल्टी सुटआउट गएको हो । त्यस अगाडि एटलेटिकोले दुई पल्ट पछाडि रहेको स्थितिबाट खेलमा फर्केका हो । तर टाइब्रेकरमा एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथ र जुलियन एल्भारेज पेनाल्टीमा चुके ।
त्यसपछि सोसिडाडका लागि पाब्लो मारिनले निर्णायक गोल गरे । एटलेटिकोले सन् २०१३ यता कोपा डेल रेको उपाधि जित्न सकेको छैन् । एटलेटिकोको युरोपेली च्याम्पियन्स लिगमा भने चुनौती कायम छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women