← समाचारमा फर्कनुस्
Football Nov 02, 2025 · Swadesh

रियलको जितमा एमबापेको दुई गोल

रियलको जितमा एमबापेको दुई गोल

रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा भ्यालेन्सियामाथि ४–० को सजिलो जित हात पारेको छ र त्यसमा नायक रहे, केयलिन एमबापे । उनले पहिलो हाफमै दुई गोल गरे र जितको आधार तयार पारे ।


यस्तै बर्नाबाउमा भएको खेलमा जुड बेलिङघम र एल्भारो फर्नान्डेजले पनि एक एक गोल गरे । यो जितपछि रियलको ३० अंक भएको छ र आरामले शीर्ष स्थानमा छ ।


यो दोस्रो स्थानमा रहेको भिल्लारियलमाथि सात अंकको अग्रता हो । भिल्लारियलको २३ अंक भएको छ र उसले यसका लागि रायो भाल्कानोलाई ४–० ले हरायो ।


अन्य खेलमा एटलेटिको म्याड्रिडले सेभियालाई ३–० र रियल सोसिडाडले एथलेटिको बिलबाओलाई ३–२ ले पराजित गर्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →