← समाचारमा फर्कनुस्
बेटिससँग रियलको निराशाजनक बराबरी

रियल बेटिसले शुक्रबार स्पेनी ला लिगामा रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । बार्सिलोनाका पूर्व डिफेन्डर हेक्टर बेलेरिनले दोस्रो हाफको इन्ज्युरी समयका चौथो मिनेटमा बराबरी गोल गरेका हुन् ।
त्यस अगाडि रियलले भिनिसियस जुनियरको गोलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । यो नतिजाले रियलको लिग उपाधि जित्ने झिनो सम्भावनामा अझ धक्का लागेको छ ।
रियल ३३ खेलबाट ७४ अंकमा दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ३२ खेलबाट ८२ अंकमा शीर्षमा छ र उसलाई आठ अंकको अग्रता प्राप्त छ । बेटिस भने ५० अंकमा पाँचौं स्थानमा छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना बलियो भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women