← समाचारमा फर्कनुस्
रियलको अग्रता एकै अंकमा सीमित

दस खेलाडीमा सीमित एल्चेले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–२ को बहादुृरीपूर्ण बराबरीमा रोकेको छ । यो नतिजाले शीर्षमा रियलको अग्रता एकै अंकमा सीमित भएको छ ।
रियलको ३२ अंक भएको छ भने बार्सिलोना ३१ अंकमा दोस्रो स्थान रहेको छ । जुड बेलिंघमले खेलको ८७ औं मिनेटमा रियलका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको अन्त्यमा एल्चेका भिक्टर चस्ट रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । आफ्नो घरेलु मैदानमा एल्चेले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन् ।
आइतबारनै एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो र २८ अंकमा चौथो स्थानमा कायम रह्यो । भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |