← समाचारमा फर्कनुस्
Football Jul 06, 2025 · Swadesh

रोमाञ्चक जितसँगै रियल सेमिफाइनलमा, फाइनल प्रवेशको लागि पिएसजीसँग भिड्ने

रोमाञ्चक जितसँगै रियल सेमिफाइनलमा, फाइनल प्रवेशको लागि पिएसजीसँग भिड्ने

काठमाडौं। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकामा आइतबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियलले अन्तिम चारमा स्थान बनाए हो।

रियलको जितमा गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए।

खेलको १०औं मिनेटमा गोंजालोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दश मिनेट पछि फ्रानले रियलको अग्रता दोब्बर बनाए।

डर्टमुन्डले इन्ज्युरी समयको दोस्रो मिनेटमा बेइयरको गोलमार्फत एक गोल फर्कायो। तर, त्यसको दुई मिनेटपछि एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियलको अग्रता कायमै राखे। त्यसलगत्तै इन्ज्युरी समयको छैटौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका दोस्रो गोल गरेपनि त्यो जितका लागि पर्याप्त भने भएन।

रियल अब फाइनल प्रवेशका लागि बिहीबार पिएसजिसँग खेल्नेछ। क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै फ्रेन्च क्लब पिएसजिले फाइनलमा स्थान बनाएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →