← समाचारमा फर्कनुस्
Football Jan 17, 2025 · Swadesh

रियल क्वाटरफाइनलमा

रियल क्वाटरफाइनलमा

काठमाडौं । अतिरिक्त समयमा सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा भएको खेलमा रियल ५–२ गोल अन्तरले विजयी भयो।

दुवै टोलीले निर्धारित समयमा २–२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

रियालका लागि एन्ड्रिकले दुई तथा किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान एक गोल गरे। सेल्टा भिगोेका लागि जोनाथन बम्बा र मार्कस अलन्सोले गोल गरे।

खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाए।

बिहीबारै सम्पन्न अन्य खेलमा रियल सोसिडाडले रायो भायकोनोविरुद्ध ३–१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओविरुद्ध ३–२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →