← समाचारमा फर्कनुस्
रियलको हारले बार्सिलोनालाई मौका

स्पेनी ला लिगामा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई शनिबार ५–२ ले पराजित गरेको छ र यससँगै लिग उपाधिको होड खुल्ला भएको छ । यससँगै रियलको लिगमा शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको थियो ।
यो नतिजापछि रियल सात खेलबाट १८ अंकमा शीर्षमा कायम रह्यो ।तर अब एक खेल कम खेलेको बार्सिलोनासामु रियललाई उछिन्ने अवसर हुनेछ । उसको १६ अंक छ ।
भिल्लारियल पनि समान १६ अंकमा तेस्रो स्थानमा रहेको छ । उसले आइतबार भएको खेलमा अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मदतले एथलेटिको बिलबोआलाई १–० ले हराएको छ ।
मोलेरोले खेलको ७७ औं मिनेटमा निर्णायक गोल गरे । एटलेटिकोको जितमा लयमा रहेका जुलियन अल्भारेजले दुई गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |