← समाचारमा फर्कनुस्
रियल मड्रिड हिलालसँग बराबरीमा रोकियो

काठमाडौँ। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा साउदी क्लब अल हिलालसँग बराबरीमा रोकिएको छ।
बुधबार राति भएको समूह 'एच' को खेलमा रियल र हिलालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलमा सुरुआती अग्रता बनाएको रियलले उक्त अग्रता जोगाउन सकेन।
रियलका लागि खेलको ३४औँ मिनेटमा गोन्जालो ग्रासियाले गोल गर्दै अग्रता दिलाएका थिए। रियलले उक्त अग्रता लामो समय टिकाउन भने सकेन। हिलालका लागि ४१औँ मिनेटमा रुवेन नेभेसले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरी अवस्थामा ल्याए।
यो बराबरीसँगै पहिलो खेलबाट दुबै टोलीले एक एक अंक जोडेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |