TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 11, 2026 · Swadesh

रियलको उपाधि चुनौती अझ कमजोर

रियलको उपाधि चुनौती अझ कमजोर

स्पेनी ला लागि उपाधि होडमा रियल म्याड्रिडको चुनौतीलाई शुक्रबार थप धक्का लागेको छ । उसलाई आफ्नो घरमै भएको खेलमा जिरोनाले १–१ को निराशाजनक बराबरीमा रोकेको हो । खेलको दुवै गोल दोस्रो हाफमा भएको हो ।


बर्नाबाउमा भएको खेलमा रियलले फेड भाल्भेरडेको गोलले ५१ औं मिनेटमा अग्रता लिएको थियो । तर थोसम लामेरले जिरोनाका लागि ६२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन सकेन् र दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।


यो नतिजापछि रियल ३१ खेलबाट ७० अंकमा दोस्रो स्थानमा कायम रह्यो । यो शीर्षमा रहेको बार्सिलोनासँग छ अंकको दूरी हो । जिरोना भने ३८ अंकमा १२ औं स्थानमा छ । अब आइतबार बार्सिलोनाले इस्पनयोलको आथित्य गर्नेछ र त्यसमा जित निकाल्न सके नौ अंकको ठोस निर्णायक सावित हुन सक्ने अग्रता लिन सक्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →