← समाचारमा फर्कनुस्
Football Dec 01, 2025 · Swadesh

रियल बार्सिलोनाको पछाडि

रियल बार्सिलोनाको पछाडि

रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा बार्सिलोनालाई उछिनेर शीर्षमा उक्लने अवसर खेर पठाएको छ । जिरोनाले रियललाई १–१ को बराबरीमा रोकेको हो । एक गोलले पछाडि रहेको स्थितिमा केयलिन एमबापेले पेनाल्टीबाट गोल गरेका हुन् ।


जिरोनाले आफ्नो घरेलु मैदानमा एजेडिन आनाहीको गोलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । यो बराबरीपछि रियलको १४ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले उत्तिकै खेल खेलेर ३४ अंकमा शीर्षमा रहेको छ ।


शीर्ष चारमा  भिल्लारियलको ३२ र एटलेटिको म्याड्रिडको ३१ अंक छ । भिल्लारियलले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले पराजित गर्‍यो । यस्तै रियल बेटिसले सेभियालाई २–० र इस्पनयोलले सेल्टा भिगोलाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →