← समाचारमा फर्कनुस्
बराबरीमा रोकियो रियल

काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ।
आइतबार बिहान राति भएको खेलमा मड्रिडलाई रायो भ्यालेकानोले ३–३ बराबरी गोलले रोकेको हो।
खेलको चौथो मिनेटमै भ्यालेकानोका लोपेजले गोल गरेका थिए।
भ्यालेकानोले दोस्रो गोल खेलको ३६औँ मिनेटमा गरेको थियो। मुमिनको गोलले रियल २–०ले पछि परेको थियो। तर, रियलका भाल्भार्डेले ३९औँ मिनेट र बेलिंघमले ४५औँ मिनेटमा गोल गरेर भ्यालेकानोसँग २–२ गोलको बराबरीको अबस्थामा ल्याए।
रियलका रोड्रिगोले ५६औँ मिनेटमा गोल गरेर टिमलाई ३–२ को अग्रता दिलाए। भ्यालेकानोका पालाजोनले ६४औँ मिनेटमा गोल थपेर ३–३ को बराबरीमा ल्याए।
यो बराबरीसँगै रियल १७ खेलमा ३७ अंकसहित लिगाको दोस्रो स्थानमा छ भने भ्यालेकानो १६ खेलमा २० अंकसहित १३औं स्थानमा छ।
१७ खेल नै खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |