रियल कोपा डेल रेको फाइनलमा

काठमाडौं । रियल मड्रिड कोपा डेल रेको फाइनलमा पुगेको छ।
मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल सोसियडाडसँग ४-४ गोलको बराबरी खेल्दै समग्रमा ५-४ को जितसहित रियल फाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा रियल सोसियडाड ४-३ ले अगाडी भएपछि समग्र नतिजा ४-४ भएपछि यो खेल ३० मिनेट अतिरिक्त खेलिएको थियो।
अतिरिक्त समयमा रियलका लागि एन्टोनी रुडीगेरले गोल गर्दै रियललाई जिताएका थिए। यसअघि रियलका लागि एन्ड्रीक, जुड बेलिङघम र अउरेलिएन चोउमेनीले एक एक गोल गरेका थिए।
सोसियडाडका लागि मिकेल ओयारजबालले २ गोल गरेका थिए भने एण्डर बरेनेक्स्टीले एक गोल गरेका थिए। त्यस्तै अर्को गोल रियल डेभिड अलाबाले आत्मघाती गोल गरे।
अब फाइनलमा रियलले अर्को सेमिफाइनलको बिजेता बार्सिलोना र एटलेटिको मड्रिडबीचको विजेतासँग खेल्ने छ। बार्सिलोना र एटलेटिको पहिलो लेगमा ४-४ गोलको बराबरी खेलेका छन् भने दोस्रो लिग आज राति हुँदै छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |