← समाचारमा फर्कनुस्
Football Oct 05, 2025 · Swadesh

रियल फेरि शीर्षमा

रियल फेरि शीर्षमा

दुई स्टार खोलडी भिनिसियस जुनियरले गरेको दुई र केयलिन एमबापेको एक गोलको मदतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा भिल्लारियललाई ३–१ ले पराजित गरेको छ ।


बर्नाबाउमा प्राप्त यो जितपछि रियलको आठ खेलबाट २१ अंक भएको छ । बार्सिलोनाको १९ अंक छ र दोस्रो स्थानमा छ । रियलका लागि भिनिसियसले ४७ र ६९ औं मिनेटमा गोल गरे । केयलिन एमबापेले ८१ औं मिनेटमा अर्को गोल गरे ।


भिल्लारियलका लागि जर्गेस मिकाटाड्जले एक गोल फर्काए । अन्य खेलमा एथलेटिको बिलबाओले रियल मार्लोकालाई २–१, गिरोनाले भ्यालेन्सियालाई २–१ र लेभान्टेले रियल ओभिएडोलाई २–० ले हराएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →