← समाचारमा फर्कनुस्
Football Jan 12, 2025 · Swadesh

स्पेनिस सुपर कप : उपाधिका लागि बार्सिलोना र रियाल भिड्दै

स्पेनिस सुपर कप : उपाधिका लागि बार्सिलोना र रियाल भिड्दै

काठमाडौं । स्पेनिस सुपर कपको फाइनलमा आज दुई चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दै छन्।

साउदी अरवको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतबार राति १२ ४५ बजेबाट सुरु हुने छ। 

यसअघि सिजनको पहिलो एल क्लासिकोमा ४–० ले हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा हुनेछ। यता, बर्सिलोना भने सोही नतिजा दोहोर्‍याउँदै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछ।

रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले फाइनलमा दबाब हुने भएपनि टिमको फर्म हेर्दा रियाल नै विजेता बन्ने दाबी गरेका छन्। बार्सिलोनाको हाइ लाइन दबाबलाई कसरी तोड्ने भनेर रियालले पूर्ण तयारी गरेको एन्सेलोटीको भनाइ थियो।

हान्सी फलिकको नेतृत्वमा सिजनको सुरुवातमा सानदार प्रदर्शन गरेको बर्सिलोनाले पछिल्लो समय लय गुमाएको छ। लास पाल्मास र लेगानेस जस्ता कमजोर टोलीसँगको हारले उसलाई ला लिगाको शीर्ष स्थानबाट तल झारेको थियो। तर बर्सिलोना स्पेनिस सुपर कपको सर्वाधिक सफल टोली हो ।

उसले कीर्तिमानी १४ पटक यो उपाधि जितेको छ। रियाल १३ पटकको च्याम्पियन हो। आज राति रियाललाई कीर्तिमान बराबरी गर्ने अवसर हुँदा बार्सालाई कीर्तिमान विस्तार गर्ने मौका हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →