← समाचारमा फर्कनुस्
रियल र बार्सिलोना उपाधिका लागि भिड्ने

काठमाडौं । रियल मड्डिड र बार्सिलोना कोपा डेल रेको उपाधिका लागि भिड्ने भएका छन्।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई समग्रमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो।
पहिलो लेग दुई टोलीबीच ४–४ को बराबरीमा सकिएको थियो। दोस्रो लेगमा बार्सिलोना १–० ले विजयी भयो।
एट्लेटिकोको मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले निर्णायक गोल गरेका थिए। उनले खेलको २७औं मिनेटमा लामिन यमलको पासमा निर्णायक गोल गरेका हुन्।
अब, बार्सिलोना उपाधिका लागि रियाल अप्रिल २६ मा खेल्नेछ। रियालले मंगलबार राति रियाल सोसिडाडलाई दुई लेगमा ५–४ ले नै हराएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |