← समाचारमा फर्कनुस्
Football Apr 06, 2025 · Swadesh

अन्नपूर्ण आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

अन्नपूर्ण आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौं

अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ ।

नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सह–सचिव तथा नरेश बैद्य कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् ।

यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पुर्‍याउने सबैलाई सम्मान पनि गरिएको थियो । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण आरसीटी नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →