← समाचारमा फर्कनुस्
Football Jul 20, 2025 · Swadesh

रसफोर्ड बार्सिलोना जाने तय जस्तै

रसफोर्ड बार्सिलोना जाने तय जस्तै

फुटबलमा कति बेला कसको भाग्य फेरिने हो, भन्नै नसकिने । जस्तो, मार्कस रसफोर्डकै कुरा । पछिल्लो सिजनदेखि नै उनी म्यानचेस्टर युनाइटेडको साह्रै हेपिएका थिए । नयाँ प्रशिक्षकका रूपमा रुबने एरोम आएयता रसफोर्डले युनाइटेडमा खेल्नै पाएनन् ।

  
त्यसैले उनी ऋणमा एस्टन भिल्ला पुगे । नयाँ सिजन अगाडि भनियो, यी रसफोर्डमा टिमको कुनै रूचि नै छैन् । उनी आफै भने अब नयाँ कुनै गन्तब्ध जाने सोचमा थिए । ठीक यही बेला उनको भाग्य फेर्न आइपुग्यो, बार्सिलोना । इंग्लिस मिडियालाई विश्वास गर्ने हो भने उनलाई बार्सिलोनाले ऋणमा लिने निश्चित भइसकेको छ । 

केही समग अगाडि मात्रै रसफोर्डले भावनामा बगेर भनेका थिए, ‘बार्सिलोनाबाट खेल्न पाएको भए ?’ बार्सिलोनालाई पनि यी खेलाडीमा रूचि रहेछ । सबै कुरा भने जस्तो हुने हो भने रसफोर्ड बार्सिलोनाबाट खेल्ने आफ्नो स्वपनिल इच्छा पूरा गर्दैछन् । 

युनाइटेडले रसफोर्डसहित पाँच खेलाडीलाई नयाँ सिजनका लागि उनीहरूमा कुनै रूचि नभएको बताएको थियो । अझ उनीहरूलाई अगलै अभ्यास गर्न पनि भनिएको थियो । यसबीच रसफोर्डले खुबै मन लगाएर एक्लै प्रशिक्षण गरेको तस्बिर पनि बाहिरिएको थियो । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →