← समाचारमा फर्कनुस्
राप्तीको पहिलो जित

काठमाडौं। राप्ती फुटबल क्लबले एन्फा महिला लिग छनाेटमा पहिलो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा राप्तीले बुधबार सिन्धुपाल्चोक फुटबल क्लबलाई १-० ले पराजित गरेको हो।
राप्तीलाई जित दिलाउन मेनुका आलेमगरले दोस्रो हाफमा गरेको एकमात्र गोल पर्याप्त बन्यो। उनले ५३औं मिनेटमा गोल गरेकी थिइन्।
जितसँगै राप्तीले समूह ‘बी’ मा दुई खेलबाट तीन अंक जोडेको छ। पहिलो खेलमा राप्ती आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबसँग १-० ले पराजित भएको थियो।
यता दुवै खेलमा पराजित सिन्धुपाल्चोक अंकविहिन छ। पहिलो खेलमा सिन्धुपाल्चोकले स्टुडेन्ट एफसीसँग ३-१ को हार बेहोरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |