← समाचारमा फर्कनुस्
राजेन्द्र तामाङ एपीएफको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले आउँदो राष्ट्रिय लिगलाई लक्षित गर्दै अनुभवी प्रशिक्षक राजेन्द्र तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत तामाङसँग सम्झौता भएको जानकारी सार्वजनिक गरेको हो।
लामो समयदेखि नेपाली फुटबलमा सक्रिय रहँदै आएका तामाङको आगमनसँगै एपीएफले राष्ट्रिय लिगमा अझ सशक्त र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा शीर्ष डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका ४ टोली गरी कूल १७ टोलीको सहभागिता रहनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women