रवीन्द्र ढाँटले कासीब मर्डकलाई पराजित गर्दै ‘रोड टु यूएफसी’ को फाइनलमा

नेपालका एमएमए फाइटर रवीन्द्र ढाँट ‘ बझाङको बाघ’ ले ‘रोड टु यूएफसी सिजन ५’ को सेमिफाइनलमा न्युजिल्याण्डका कासीब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएका छन्।
शंघाईको ओरियन्टल स्पोर्ट्स सेन्टरमा शुक्रवार भएको ब्यान्टमवेट सेमिफाइनल खेलमा २७ वर्षीय ढाँटले २५ वर्षीय मर्डकलाई स्प्लिट निर्णयमा हराए। दुई जजले खेल २९-२८ को स्कोरमा ढाँटको पक्षमा निर्णय सुनाए।
यो खेल ढाँटको करियरकै सबैभन्दा कठिन खेल मध्ये एक थियो। १५ मिनेटसम्म चलेको यो रोमाञ्चक खेलमा मर्डकले ढाँटलाई ग्र्याप्लिङमा तान्न खोजे पनि ढाँटको विस्फोटक क्षमताले उनलाई धेरै खतरनाक अवस्थाबाट बचायो। तेस्रो राउन्डमा ढाँटले आफ्नो स्ट्राइकिङ क्षमता देखाउँदै मर्डकलाई क्लिन्चमा दबाब दिए। मर्डकले अन्त्यतिर टेकडाउन र ग्राउन्ड-एन्ड-पाउन्ड गर्न सफल भए पनि धन्तले खेल आफ्नो पक्षमा पार्न सफल भए।
यस जितसँगै ढाँटको व्यावसायिक रेकर्ड ११-१ पुगेको छ। उनले गत वर्ष अगस्टमा म्याट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेङ कोरेनलाई हराएर ब्यान्टमवेट उपाधि जितेका थिए। यसअघि मे महिनामा मकाउमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजनलाई पनि उनले पराजित गरेका थिए।
अपराजित ८-० को रेकर्ड बोकेका मर्डकले भने आफ्नो करियरको पहिलो हार बेहोर्नु पर्यो। खेलअघि मर्डकले सामाजिक सञ्जालमा ‘द किङ अफ नेपाल’ को तस्वीर पोस्ट गरेर विवाद निम्त्याएका थिए, जसले नेपाली फ्यानहरूको आक्रोश बढाएको थियो। युएफसी सुरक्षाले उनलाई होटलबाहिर ननिस्कन निर्देशन समेत दिएको थियो।
खेलपछि ढाँटले आफ्नो जितलाई नेपालको वर्तमान बाढी पीडितप्रति समर्पित गर्दै भावुक सन्देश दिए। उनले भने, “जय नेपाल! जय हनुमान! मलाई सहयोग गर्नुहुने सबै फ्यान, परिवार र प्रायोजकहरूलाई धन्यवाद”। “नेपालमा कठिन समय छ, नेपालीहरू, आफ्नो टाउको माथि राख्नुहोस्; यो फाइटरले जस्तै लड्नुहोस्” उनले थपे।
फाइनलमा ढाँटको सामना जापानका रियो ताजिमासँग हुनेछ। फाइनल खेल जितेर ‘रोड टु यूएफसी सिजन ५’ को च्याम्पियन बनेमा मात्र ढाँटले यूएफसीको प्रतिष्ठित अनुबन्ध पाउनेछन्। नेपाली एमएमए फ्यानहरूका लागि यो ऐतिहासिक क्षण हो, किनभने ढाँट यूएफसीमा पुग्ने पहिलो नेपाली फाइटर बन्ने दोबाटोमा छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |