← समाचारमा फर्कनुस्
Football Aug 15, 2025 · Swadesh

राप्तीमाथि आर.एस रिसोर्टको जित

राप्तीमाथि आर.एस रिसोर्टको जित

काठमाडौं। आर.एस रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ।


सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न खेलमा राप्ती फुटबल क्लबमाथि आरबी रिसोर्ट एन्ड बिच फुटबल क्लब १–० ले विजयी भएकाे हाे। 


आर.एस. रिसोर्टकाे जितमा इशा चाैधरीले गरेकाे गाेल निर्णायक बन्याे। उनले ५१औँ मिनेटमा गाेल गरेकी थिइन्।


जितसँगै आर.एस.रिसोर्टले पहिलाे खेलमै तीन अकं जाेड्दै सुखद सुरुआत गरेकाे छ। यता राप्तीले भने हारबाट प्रतियाेगिताकाे थालनी गरेकाे छ।


यस्तै, दाेस्राे खेलमा बुटवल लुम्बिनी एफसीले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरसँग खेल्ने छ। याे खेल दिउँसाे ४:१५ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →