← समाचारमा फर्कनुस्
Football May 01, 2025 · Swadesh

सरस्वतीविरुद्ध अन्नपूर्णको रोमाञ्चक जित

सरस्वतीविरुद्ध अन्नपूर्णको रोमाञ्चक जित

काठमाडौं । अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यलय मैदानमा बिहिवार सम्पन्न खेलमा आरसिटी ४–३ ले विजयी भयो।

आरसिटीको जितमा प्रज्जवल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरे। सरस्वतीका लागि विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरे।

खेलको ३६औं मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो। चार मिनेटपछि नै अजितले आरसिटीलाई बराबरीमा ल्याए।

सन्देशले ५३औं मिनेटमा गोल गर्दा सरस्वती २–१ ले अगाडि बढ्यो। ६५औं मिनेटमा प्रज्वलले गोल गर्दा आरसिटी २–२ को बराबरीमा आयो।

त्यसको दुई मिनेटपछि नै साजनले आरसिटीका लागि तेस्रो गोल गरे। प्रज्वलले व्यक्तिगत दोस्रो गोल गर्दा आरसिटीको अग्रता ४–२ मा पुग्यो। इन्जुरी समयमा नरेशले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन।

जितसँगै ९ खेलमा आठ अंक जोडेको आरसिटी १२औं स्थानमा उक्लिएको छ। पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →