← समाचारमा फर्कनुस्
Football Jul 11, 2025 · Swadesh

पूर्णिमाको ह्याट्रिकमा नेपालको विजयी सुरुआत

पूर्णिमाको ह्याट्रिकमा नेपालको विजयी सुरुआत

काठमाडौं। पूर्णिमा राईको ह्याट्रिकसँगै साबिक उपविजेता नेपालले साफ यु–२० महिला च्याम्पियनसिप सानदार सुरुआत गरेको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली भुटानमाथि ६-१ को फराकिलो जित हात पारेको हो। 

नेपालका लागि पूर्णिमाबाहेक सेनु परियारले २ गोल गरिन्। केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्।

खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। भुटानी डिफेन्डरको फितलो क्लियरेन्स गर्दा अनिशा राईको खुट्टैमा बल पुगेको थियो।

उनले अनमार्क रहेकी सेनुतर्फ बल पुर्‍याएकी थिइन्। सेनुले बक्सभन्दा बाहिर आइसकेकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै गोल गरिन्।

१८औं मिनेटमा पूर्णिमाले अग्रता दोब्बर बनाइन्। वर्षा ओलीले सेकेन्ड बारतर्फ दिएको क्रस बललाई उनले गोल लाइनबाटै जाली चुमाइन्।

४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। पूर्णिमाले दिएको बललाई उनले भुटानी डिफेन्डरलाई छक्काउँदै सिक्स यार्ड बक्सनजिकबाट गोल गरिन्। योसँगै नेपालले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

५४औं मिनेटमा भुटानले गोल फर्कायो। भुटानका खेलाडीले दिएको लामो पासलाई डिफेन्डर सिम्रन राईले हेडर गर्दै बचाउने प्रयास गरेकी थिइन्। तर, आफ्नै पोस्टको दिशातर्फ बल गएको थियो। उक्त बललाई वैकल्पिक खेलाडी झुमा विश्वकर्माले रोक्न नसक्दा भुटानकी केल्देनले गोल गरिन्।

६३औं मिनेटमा पूर्णिमाले अग्रता ४–० मा पुर्‍याइन्। मैदानको मध्यभागभन्दा तलबाट आएको बललाई पूर्णिमाले वान भर्सेस वानमा सुन्दर फिनिसिङ गरिन्।

८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्। सुशीला केसीले दिएको लामो बललाई बचाउन गोलकिपर पेमा बक्सभन्दा धेरै बाहिर आइसकेकी थिइन्।

उनलाई बिट गर्दै पूर्णिमाले गोल गरेकी हुन्। जितसँगै नेपालले तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →