← समाचारमा फर्कनुस्
Football Aug 16, 2026 · Swadesh

कस्ता छन्, पल्सर पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी ?

कस्ता छन्, पल्सर पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी ?

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ को पल्सर पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको नाम आइतबार घोषणा गरेको छ । ती भाग्यमानी खेलाडी को को हुन् त ? तिनको प्रोफाइल कस्तो छ त ? 

खेलाडीको प्रोफाइल

मीना सुनार (भलिबल) – उदीयमान महिला भलिबल खेलाडी, शक्तिशाली स्पाइकर – काभा महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन – काभा महिला क्लब च्याम्पियनसिपमा तेस्रो – एभरेस्ट भलिबल क्लब, बुटबलकी कप्तान

पूजा राना (फुटबल) – एसियन कप छनोट उज्वेकिस्तानमा उच्च प्रदर्शन – विदेशमा व्यावसायिक लिगमा प्रभावशाली प्रदर्शन – भुटान (ट्रान्सफर युनाइटेड) र बंगलादेश (फरासगन्ज एफसी र नासरिन स्पोट्र्स एकेडेमी) सँग आबद्ध

सानुमाया थिङ (कराते) – विश्व कराते च्याम्पियनसिप (कायरो, इजिप्ट), एकल कातामा सहभागिता – २१औं एसियन कराते च्याम्पियनसिप (कांस्य पदकलाई प्रतिस्पर्धा) – दक्षिण एसियाली कराते च्याम्पियनसिप (टिम काता स्वर्ण, एकल काता रजत) – यूकेकेसी वान अल्टिमेट काता र कुमिते च्यालेन्जमा स्वर्ण

शेर मल्ल (क्रिकेट) – आईसीसी टी–२० विश्वकप डेब्यु खेलकामे पहिलो बलमै विकेट लिन सफल – मलेसियामा एसियन गेम्स क्वालिफायरमा हङकङसँग ४ विकेट र मलेसियासँग ३ विकेट लिन सफल – नेपाल प्रिमियर लिग सिजन २ मा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका – एनपीएलका १० खेलमा १७ विकेट लिन सफल ।

 रवीन्द्र ढाँट (मिक्स मार्सल आर्ट्स) – ‘बझाङका बाघ’ भनेर चर्चित एमएमए फाइटर – गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेट च्याम्पियन । – एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त – रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →