← समाचारमा फर्कनुस्
एन्फाविरुद्ध खेलाडी सडकमा

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई 'ए' डिभिजन लिगको कार्यतालिका सच्याउन माग गर्दै नेपाल फुटबल खेलाडी संघले एन्फा कार्यलय घेराउ गरेकाे छ।
विहिबार सातदाेबाटाेस्थित एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई 'ए' डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन्।
उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
एन्फाले अर्को बर्षको पुसमा 'ए' डिभिजन लिग गर्ने भन्दै मिति सार्वजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन्। धर्नाका लागि एन्फा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो। गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए।
यसअघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्वजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |