TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 18, 2026 · Swadesh

ढिलाइपछि खेलाडीको पुरस्कार निकासा, खेलाडी संघद्वारा सरकारलाई धन्यवाद

ढिलाइपछि खेलाडीको पुरस्कार निकासा, खेलाडी संघद्वारा सरकारलाई धन्यवाद

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि तथा पदक जितेका खेलाडीहरूले लामो समयदेखि प्राप्त गर्न बाँकी रहेको पुरस्कार राशि निकासा भएकोमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरेको छ।

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार राशि निकासाका लागि पहल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी तथा सम्बन्धित निकायप्रति हार्दिक आभार प्रकट गरेको हो।

विज्ञप्तिअनुसार खोखो, क्रिकेट, बडिबिल्डिङलगायत विभिन्न खेलका खेलाडीहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको पुरस्कार रकम हालै निकासा भएको छ। संघले यसलाई खेलाडीको हक सुनिश्चित गर्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।

यद्यपि, अझै केही खेलाडीले पुरस्कार राशि प्राप्त गर्न बाँकी रहेकाले ती रकम पनि यथाशीघ्र निकासा गर्न नेपाल सरकारसमक्ष संघले आग्रह गरेको छ।

त्यसैगरी, खेलाडीको मनोबल उच्च राख्न, उत्कृष्ट प्रदर्शनको सम्मान गर्न तथा खेल क्षेत्रमा थप उत्साह र प्रेरणा प्रदान गर्न प्रतियोगिता सम्पन्न भएको सकेसम्म छोटो अवधिमै पुरस्कार राशि उपलब्ध गराउने स्थायी व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

संघले समयमै पुरस्कार वितरण हुने प्रणालीको विकास भए खेलाडीको मनोबल बढ्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →