TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 07, 2026 · Swadesh

प्रीति राई क्याम्बोडियन महिला लिगमा, स्वाय रिएङ एफसीसँग सम्झौता

प्रीति राई क्याम्बोडियन महिला लिगमा, स्वाय रिएङ एफसीसँग सम्झौता

काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई क्याम्बोडियन महिला लिग खेल्न क्याम्बोडिया पुगेकी छन्। उनले क्याम्बोडियाको चर्चित क्लब प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गर्दै नयाँ चुनौती सुरु गर्न लागेकी हुन्।


प्रीति यसअघि जोर्डनको महिला लिगमा इतिहाद क्लबबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। एक सिजन बिताउने क्रममा उनले एक गोल समेत गरिन् भने टोलीलाई महिला प्रो–लिग र जोर्डन महिला कप दुवै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरिन्।


स्वाय रिएङ प्रीतिको तेस्रो विदेशी क्लब हो। यसअघि उनले भारतको किक स्टार्ट्स क्लबबाट इन्डियन वुमेन्स लिग समेत खेलेकी थिइन्।


सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणमा संयुक्त विजेता बनेको स्वाय रिएङ यस सिजन पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ। नेपाली मिडफिल्डर प्रीति टोलीमा आबद्ध भएसँगै क्लब थप मजबुत हुने अपेक्षा गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →