सभापति कप : उपाधिका लागि सङ्कटा र बागमती भिड्दै

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल आज हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा ए डिभिजन क्लब सङ्कटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती)बिच प्रतिस्पर्धा हुने छ। माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए।
पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ। यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशि हो।
बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन्। आयोजक नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधवार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो।
नकआउट प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |