← समाचारमा फर्कनुस्
प्रीति जोर्डनको क्लबमा अनुबन्ध

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्।
एएफसी च्याम्पियनसिप लिग २०२५र०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको हो।
शुक्रबार विभागीय टोली एपिएफ क्लबका एक पदाधिकारीले उनि जोर्डनको क्लबमा अनुबन्ध भएको बताएका हुन्। उनी हालसम्म एपिएफ क्लबमा आबद्ध थिइन्।
प्रीतिले शुक्रबार जोर्डन जान राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनुमति लिएकी थिइन्।
यो क्लब एएफसी च्याम्पियनसिप लिग अन्तर्गतसमूह ‘सी’ छ। यो समूहमा मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिजस्तानको सड्युशोर एसआई एसियागोल रहेका छन्। समूहको खेल मलेसियामा हुनेछ। इत्तिहादले पहिलो खेल अगस्ट २५ मा लायनसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |