TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 20, 2026 · Swadesh

विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा

विश्वकप खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं। फिफा विश्वकप २०२६ आउन मात्र अब केहि दिन मात्र बाँकी छ। जसकाे लागि अहिलेसम्म १६ वटा देशले आफ्नो आधिकारिक अन्तिम टोली घोषणा गरिसकेका छन्। अन्तिम टोली बुझाउने अन्तिम मिति फिफाले जून २ तोकेको छ। यसपटक ४८ राष्ट्रले सहभागिता जनाउँदैछन्।


यस्तै, उपाधिकाे दाबेदार मध्य एक पाेर्चुगलले ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई समेट्दै आफ्नाे अन्तिम टाेली घाेषणा गरेकाे छ। यससँगै उनी कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने तयारीमा छन्।


पोर्चुगलले पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित अनुभवी कप्तान रोनाल्डोलाई टोलीमा राखेको हो। यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ । युरोपियन फुटबल छोडेर साउदी अरेबियाको क्लब अल–नासरमा आबद्ध भएपछि रोनाल्डोको यो पहिलो विश्वकप हुनेछ।


रोनाल्डो र उनका चर्चित प्रतिद्वन्द्वी लिओनल मेसी विश्वकपको छैटौं संस्करण खेल्ने पहिलो पुरुष खेलाडी बन्न सक्ने सम्भावना छ। रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल (२२६) र सर्वाधिक गोल (१४३) गर्ने खेलाडी हुन्। साथै, लगातार पाँच विश्वकपमा गोल गर्ने उनी एकमात्र खेलाडी पनि हुन्।



पोर्चुगलको टोलीमा जाओ फेलिक्स, बेर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, नुनो मेन्डेस, भिटिन्हा, जाओ नेभेस र गोन्सालो रामोसजस्ता खेलाडी पनि समावेश छन्। विश्वकप नियमअनुसार अन्तिम टोलीमा बढीमा २६ खेलाडी राख्न पाइन्छ। तर, प्रशिक्षक मार्टिनेजले गोलरक्षक रिकार्डो भेल्होलाई अतिरिक्त खेलाडीका रूपमा राखेका छन्। आवश्यकता परे मात्र उनी टोलीसँग यात्रा गर्नेछन्।


पोर्चुगल समूह ‘के’ मा कोलम्बिया, उज्बेकिस्तान र कंगोसँग परेको छ। पोर्चुगलले जुन १७ मा अमेरिकाको ह्युस्टनमा कंगोविरुद्ध पहिलो खेल खेल्नेछ।


पोर्चुगलले हालै २०२५ नेशन्स लिगको उपाधि जितेको थियो। उसले सेमिफाइनलमा जर्मनी र फाइनलमा स्पेनलाई हराएको थियो। पोर्चुगलले जुन १ देखि विश्वकपको तयारी सुरु गर्नेछ। टोलीले जुन ६ मा चिली र जुन १० मा नाइजेरियासँग अभ्यास खेल खेल्नेछ भने जुन १२ मा अमेरिका प्रस्थान गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →