← समाचारमा फर्कनुस्
Football Nov 28, 2025 · Swadesh

पोर्चुगल पहिलो पटक यु–१७ विश्वकप च्याम्पियन

पोर्चुगल पहिलो पटक यु–१७ विश्वकप च्याम्पियन

काठमाडौँ। पोर्चुगलले फिफा यु–१७ विश्वकप फुटबलको उपाधि पहिलो पटक जितेको छ। 


कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बिहिबार राति सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले अस्ट्रियामाथि १–० को जीत निकाल्दै इतिहास रचेको हो।


फाइनलमा पोर्चुगललाई जित दिलाउने गोल खेलको ३२औँ मिनेटमा एनिसियो काब्रालले गरेका थिए। यही गोल अन्तिमसम्म निर्णायक साबित भयो।


बिनो मकाइसको प्रशिक्षणमा रहेको पोर्चुगल यु–१७ टोलीले यसअघि कहिल्यै जित्न नसकेको उपाधि यसपटक दाबी गर्दै पोर्चुगिज उमेर समुह फुटबलमा नयाँ अध्याय लेखेको छ।


सेमिफाइनलमा पोर्चुगलले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै अस्ट्रियाले इटालीलाई २–० ले हराएर उपाधि भिडन्तमा स्थान बनाएको थियो।


फिफा यु–१७ विश्वकपमा नाइजेरिया ५ जितसहित सबैभन्दा सफल राष्ट्र हो। ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २–२ पटक उपाधि जितेका छन्। जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्यान्ड र इंग्ल्याण्डले भने एक–एक पटक यो ट्रफी उठाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →