← समाचारमा फर्कनुस्
Football Jun 05, 2025 · Swadesh

पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा

पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा

काठमाण्डौ, सन् २०१९ को विजेता पोर्चुगल युईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति सम्पन्न पहिलाे सेमिफाइनलकाे खेलमा पोर्चुगलले जर्मनीलाई उसकै घरेलु मैदानमा २-१ ले स्तब्ध पार्दै उापधि नजिक पुगेको हो। 

एलियान्ज रंगशालामा घरेलु टाेली जर्मनीले पहिला अग्रता लिए पनि उक्त अग्रता जाेगाउन सकेन। पाेर्चुगलका लागि फ्रान्सिस्को कोन्सेकाओ र रोनाल्डोले गोल गरे।

पहिलो हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलको ४८औँ मिनेटमा फ्लोरियन विर्त्जले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए।

६३औँ मिनेटमा फ्रान्सिस्को कोन्सेकाओ र ६८औँ मिनेटमा रोनाल्डोले नुनो मेन्जेडेको पासमा गाेल गर्दै पाेर्चुगललाई फाइनलमा पुर्याएका हुन्।

पाेर्चुगलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलकाे विजेतासँग खेल्ने छ। उक्त खेलमा स्पेन र फ्रान्स भिड्ने छन्। फाइनल खेल ८ जुनमा म्युनिखमा हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →