← समाचारमा फर्कनुस्
Football Nov 19, 2024 · Swadesh

पोर्चुगल बराबरीमा रोकियो

पोर्चुगल बराबरीमा रोकियो

काठमाडौँ । युइएफए नेसन्स लिगमा पोर्चुगल बराबरीमा रोकिएको छ। 

सोमबार राती भएको खेलमा पोर्चुगल घरेलु टोली क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पोर्चुगलका लागि खेलको ३३औँ मिनेटमा जोआओ फेलिक्सले शुरुआती अग्रता दिलाएका थिए। यता, क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औँ मिनेटमा बराबरी गोल गरे।

यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई विश्राम दिएको थियो।

बराबरीसँगै पोर्चुगल समूह ए मा शीर्ष स्थानमा रहँदै नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै क्रोसिया भने दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। क्रोसियाको ६ खेलमा ८ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →