← समाचारमा फर्कनुस्
Football Jun 09, 2025 · Swadesh

स्पेनलाई हराउँदै पोर्चुगल दोस्रोपटक नेशन्स लिग च्याम्पियन

स्पेनलाई हराउँदै पोर्चुगल दोस्रोपटक नेशन्स लिग च्याम्पियन

काठमाडौं। युरोपियन च्याम्पियन स्पेनलाई हराउँदै पोर्चुगलले दोस्रोपटक युइएफए नेशन्स लिगको उपाधि जितेको छ।

जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा सोमबार बिहान सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टीमा ५-३ ले पराजित गर्दै दोस्रोपटक उपाधि चुमेको हो।

सन् २०१९ मा पहिलोपटक यस प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक विजेता स्पेनलाई निरास बनाउँदै दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्नेको छ। 

निर्धारित ९० मिनेटको खेल २-२ बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि दुवै टिमबाट थप गोल नहुँदा खेलको नतिजा पेनाल्टीबाट गरिएको हो।

स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरे। पोर्चुगलका लागि नुनो मेन्डी र कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरे। खेलमा दुईवटा अग्रता लिएको स्पेनले अग्रता जोगाउन भने सकेन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →