← समाचारमा फर्कनुस्
Football Jul 03, 2026 · Swadesh

क्रोएसिया चुनौती समाप्त पार्दै पोर्चुगल अन्तिम १६ मा

क्रोएसिया चुनौती समाप्त पार्दै पोर्चुगल अन्तिम १६ मा

पोर्चुगलले विश्वकप २०२६ मा क्रोएसियालाई २–१ ले हराएर प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ र यो उत्कृष्ट पुर्नआगमनले सम्भव भएको हो । खेल अतिरिक्त समयतर्फ अग्रसर भइरहेको बेला सब्टिच्युट गोन्सालो रोमोसले हेडिङले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे ।

उनलाई राफेल लिओले पास उपलब्ध गराएका थिए । खेलको अन्त्यतिर खेलको अन्त्यतिर क्रोएसियाका जोस्को ग्भारडिलले गोल गरे पनि त्यसलाई नाटकीय रुपमा अफ साइड मानियो ।

त्यस अगाडि जोसिप स्टानिसिचले निकालेको क्रसमा इभान पेरिसिचले ५३ औं मिनेटमा गोलको खाता खोले र क्रोएसिया एक गोलले अगाडि रह्यो । पोर्चुगलले फर्काएको बराबरी गोल भने पेनाल्टीमा सम्भव भएको हो र यो क्रिस्टियानो रोनाल्डोको नाममा रह्यो ।

निकोला भ्लासिचले रेनाटो भिएगालाई बक्समा लगाएपछि पोर्चुगललाई पेनाल्टीको अवसर प्राप्त पाएको हो र त्यसलाई गोलमा परिणत गर्न रोनाल्डोलाई गाह्रो भएन् । पोर्चुगलको जितले यस विश्वकपमा उनको चुनौती कायम रह्यो । क्रोएसियाका लागि भने सम्भवतः लुका मोडरिचले अन्तिम खेल खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →