← समाचारमा फर्कनुस्
Football Nov 17, 2025 · Swadesh

पोर्चुगल र नर्वेले काट्यो विश्वकपको टिकट

पोर्चुगल र नर्वेले काट्यो विश्वकपको टिकट

पोर्चुगल र नर्वेले सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप खेल्ने भएका छन् । उनीहरूले आइतबार विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।


पोर्चुगलले समूह ‘एफ’ को खेलमा आर्मेनियालाई ९–१ ले पराजित गर्‍यो । यससँगै पोर्चुगल समूह विजेता बन्यो । यसमा ब्रुनो फर्नान्डेज तथा जाओ नेभेसले ह्याट्रिक गरे । अब पोर्चुगलले लगातार सातौं पल्ट विश्वकप खेल्नेछ ।



यो उपलब्धीमा खुसी मनाउन क्रिस्टियानो रोनाल्डो भने टिमसँग थिएनन् । उनी प्रतिबन्धबाट गुज्रिरहेका छन् । समूह ‘ई’ मा भने इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले इटालीलाई ४–१ ले हरायो ।


समूह विजेता भन्दै नर्वे सन् १९९८ यता पहिलो पटक विश्वकप पुगेको छ । हालान्डले यो छनोट यात्रामा एक्लैले १६ गोल गरे र लगभग एक्लैले आफ्नो देशलाई यो उपलब्धी चुमाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →